विद्यार्थी भूइँमा बसेर पढ्न बाध्य

२९ मंसिर, मान्म । कालीकोट खाँडाचक्र नगरपालिका–४ मा रहेको नवज्योति आधारभूत विद्यालयका विद्यार्थी कक्षा कोठाको अभावमा चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन् ।

सातकोठे भवन रहेको सो विद्यालयमा चार कोठा जीर्ण भएपछि अहिले कक्षा कोठाको अभाव भई विद्यार्थी भूइँमा बसेर पढ्न बाध्य भएका छन् । कुल २६५ विद्यार्थी रहेका विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यालय बाहिर चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन् ।

विद्यालयको दयनीय अवस्थाबारे कसैले चासो नदिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर बोगटीले गुनासो गर्नुभयो,“विद्यालयको दयनीय अवस्थाका विषयमा सरोकारवाला निकायले चासो दिएनन्”, उहाँले भन्नुभयो,“विद्यालयका अवस्थाका विषयमा नगरपालिकाको शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय एकाइलाईसमेत जानकारी दिएको हुँ ।

विद्यालयमा अधिकांश गरिब, दलित तथा विपन्न बालबालिका पढ्न आउने गरेका कारण सो विद्यालयको अवस्थाका विषयमा कसैले चासो नदिएको प्रधानाध्यापक बोगटीको गुनासो थियो ।

हिउँदमा घाममा पढ्न त ठिकै हो, तर वर्षाको समयमा पानी परे चिसो कक्षामा विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको बोगटीले बताउनुभयो । तीन निजी स्रोत, एक स्थायी, एक बाल विकासका शिक्षिका र एकजना कार्यालय सहयोगी रहेको सो विद्यालयको भौतिक संरचना भने दयनीय रहेको स्थानीयवासी जयबहादुर विकले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessDeathdigital khabareducationhealthKathmanduNepali NewsRainSchoolStudent
Comments (0)
Add Comment