थप २२९ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

२८ मंसिर, काठमाडाैँ । पछिल्लो २४ घण्टामा २२९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ३९२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२९जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चार हजार ३१७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३६२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५९ पुगेको छ ।

यसैगरी देशभर हालसम्म पाँच हजार ६८९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ३६ हजार ४८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahiroCorona DeathCoronaviruscovid 19 updateDeathdigital khabarhealthKathmanduNepali NewsRain
Comments (0)
Add Comment