श्रीमतीको स्मृतिमा २० हजार राशिको पुरस्कार स्थापना

२५ मंसिर, मङ्गलबारे । वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकले श्रीमतीको स्मृतिमा पुरस्कार कोष स्थापनाको घोषणा गर्नुभएको छ । आफ्नी श्रीमती निरा शेरचन राईको ४५ दिनको पुण्य तिथिका अवसरमा उहाँले सोे घोषणा गर्नुभएको हो ।

उहाँको सम्झनामा प्रदेश नं १ मा क्रियाशील पत्रकारलाई प्रदान गर्ने गरी रु २० हजार राशिको पुरस्कार घोषणा गरेको उहाँले बताउनुभयो । रेडियो फिक्कल इलामका सञ्चालक समिति अध्यक्षसमेत रहनुभएका रसिक हाल जन्मथलो भोजपुरमा हुनुहुन्छ ।

समाजमा योगदान दिने पत्रकारहरु समाज परिवर्तनमा खटिहिरहने भए पनि खासै मूल्याङ्कन नहुने गरेकाप्रति आफू चिन्तित रहेको जनाउँदै यस्तो पुरस्कार वितरण गरिएको उहाँले बताउनुभयो । समाजका जो कोही व्यक्तिलाई सम्मान गर्नुपर्छ भन्ने धारणा रहेकी श्रीमतीको मृत्यु भएपछि उहाँकै सम्झनामा पत्रकारिताजगत्बाट समाजमा योगदान पु¥याउनेमध्येबाट एकजनालाई हरेक वर्ष सम्मानसहित पुरस्कृत गरिने रसिक परिवारको भनाइ छ ।

समाजमा असल नियतका साथ योगदान दिने व्यक्तिमा प्रोत्साहन हुने ठानेर आफूहरू सो पुरस्कार स्थापना गर्ने मोडमा पुगेको छोरी निरजा राई प्रधानले बताउनुभयो । नेपाल नाट्य तथा सङ्गीत प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्यसचिव एवं रेडियो फिक्कलका अध्यक्षसमेत रहनुभएका उहाँले राम्रो काम गर्नेलाई सधैँ हौसला प्रदान गर्नुपर्ने तथा सोही अनुसार आफूहरु लागिपरेको सुनाउनुभयो ।

सो पुरस्कार हरेक वर्ष स्व निरा शेरचनको निधन भएको दिन कात्तिक १० गते प्रदान गरिनेछ तर यस वर्ष भने रेडियो फिक्कलको वार्षिक उत्सवका अवसरमा आगामी पुुस १७ गते प्रदान गरिने जनाइएको छ । शेरचनको कोरोना सङ्क्रमणका कारण गत कात्तिक १० गते काठमाडौँमा निधन भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessDeathdigital khabarhealthKathmandumoneyNepali NewsRain
Comments (0)
Add Comment