कांग्रेसमय बन्यो भृकुटीमण्डप, सुरक्षा व्यवस्था कडा

कांग्रेस महाधिवेशन उद्घाटन सत्र

२४ मंंसिर, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन सुरु हुँदैछ । भृकुटीमण्डपमा हुन थालेको महाधिवेशनमा विभिन्न स्थानबाट सांस्कृतिक झाँकी आउने क्रम सुरु भएको छ । उद्घाटनस्थल झकिझकाउ भएको छ। औपचारिक कार्यक्रम सुरु हुनुअघि विभिन्न समुदायका सांस्कृतिक झाँकीहरू आमसभास्थलमा आइरहेका छन्। अहिले नेपाल सांस्कृतिक संघले प्रस्तुति देखाइरहेको छ।

उद्घाटनस्थलमा १ सय ५० जना भन्दा बढि मानिस अट्ने मुख्य मञ्च तयार पारिएको छ। उद्घाटनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

कांग्रेस विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ। यस्तै, ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूहअन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । विधानमा व्यवस्था भएअनुसार सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नेछ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट चयन हुनेछन्।

१६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा १३४ जनाका लागि निर्वाचन हुने लागेको हो।



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarhealthLockdownMahadibasennepalNewsNpali CongressPolitictechnology
Comments (0)
Add Comment