कांग्रेस महाधिवेशन : सुदूरपश्चिमबाट सभापतिसहित पदाधिकारीमा दाबी

२२ मंसिर, महेन्द्रनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको माहोल तातेका बेला सुदूरपश्चिमबाट पार्टी सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा आफ्नो उम्मेद्वारी दाबी गर्ने क्रम बढिरहेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक सभापति पदका लागि तयारी गरिरहँदा सुदूरपश्चिमका दोस्रो तहका कांग्रेस नेताले महाधिवेशनमा पदाधिकारीको दौडमा गति बढाएका छन् ।

कञ्चनपुर कांग्रेसका नेता एवं केन्द्रीय सदस्य नारायणप्रकाश साउदले महामन्त्री पदका लागि उम्मेद्वारी दिने तयारीसहित काठमाडौँमा सम्र्पक कार्यालय सञ्चालन गरेर चुनावी गतिविधि बढाउनुभएको छ । सभापति देउवा निकट मानिने साउदले आफू महामन्त्री पदको उम्मेद्वार नबने पनि आफू निकट नेता तथा कार्यकर्तामार्फत प्रचारप्रसार अघि बढाइरहनुभएको छ ।

त्यसैगरी कांग्रेस कञ्चनपुरका अर्का नेता एवं केन्द्रीय सदस्य रमेश लेखक पनि १४औँ महाधिवेशनमा पदाधिकारीको दौडमा हुनुहुन्छ । उहाँले टिमको छलफल र टुङ्गोबाट आफू अघि बढ्ने निकटतस्थलाई बताइरहनुभएको बताइएको छ । उहाँलेको दाबी पनि महामन्त्री पदमै रहेको कांग्रेस नेताको भनाइ छ । कञ्चनपुरमा नेता लेखकको निर्वाचन क्षेत्र नं ३ र साउदको २ नम्बरमा राम्रो प्रभाव छ ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र १ मा पार्टीमा राम्रो पकड बनाएका संविधानसभा सदस्य दिवान विष्टले पनि केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने तयारी गर्नुभएको छ । संस्थापन इतर समूहसित नजिक मानिएका विष्टले यसपटक जिल्लास्तरसम्मको निर्वाचनमा भने नेता साउदसित चुनावी तालमेल गर्नुभएको थियो । विसं २०३२ को सरोफोरोबाट कांग्रेसको राजनीतिमा रहेका नेता विष्ट १४औँ महाधिवेशनमा आइपुग्दा सुदूरपश्चिम प्रदेशबाट पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारीमा हुनुहुन्छ ।

यसैगरी सुदूरपश्चिमका पहाडी जिल्लाबाट कांग्रेस नेता केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै छन् । बाजुराबाट यसअघि सहमहामन्त्रीमा कांग्रेस नेता बद्री पाण्डेले उम्मेद्वारी घोषाणा गरिसक्नुभएको छ । उहाँले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारलाई अघि बढाउनुभएको छ । उहाँ रामचन्द्र पौडेल निकट नेता मानिनुहुन्छ ।

त्यसैगरी दार्चुला, बैतडी क्षेत्रमा राम्रो पकड बनाएका कांग्रेस केन्द्रीय सदस्य तथा कानुनमन्त्री दीलेन्द्रप्रसाद बडूले पनि केन्द्रीय पदाधिकारीमा आकांक्षा देखाएको उहाँ निकट नेताको भनाइ छ । पौडेल समूहबाट सहमहामन्त्री पदमा बडूको नाम उम्मेद्वारको आकांक्षीका रूपमा आउने गरेको भए पनि उहाँ टिमसित छलफलबाट अघि बढ्ने मनिस्थितमा हुनुहन्छ । “टिमको निर्णय अनुसार मन्त्री कुन पदमा लड्ने भन्ने टुङ्गोमा आज बेलुकी वा भोलि बिहानसम्म पुग्नुहुन्छ”, उहाँका एक सहयोगीले भन्नुभयो ।

त्यस्तै नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले पनि केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने तयारी अघि बढाउनुभएको छ । कैलालीको टीकापुरबाट कांग्रेस नेता एवं प्रदेशसभा सदस्य डा रणबहादुर रावलले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । उहाँले महाधिवेशनमा सुदूरपश्चिम प्रदेश (भूगोल) तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

कांग्रेस कञ्चनपुरकी नेत्री एवं महिला सङ्घ केन्द्रीय सदस्य रमिता शाही देउवाले पनि सुदूरपश्चिमबाट केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसचिव भोजराज बोहराले १४औँ महाधिवेशनमा सुदूरपश्चिमबाट पदाधिकारीमा पनि माथिल्लो तहमा यहाँका नेताले स्थान पाउने सम्भावना कम रहेको बताउनुभयो ।

“सभापति पनि यतै, उपसभापति र महामन्त्री पनि यतिकैले पाउँलान जस्तो लाग्दैन्”, बोहराले भन्नुभयो, “सहमहामन्त्री र केन्द्रीय सदस्य भने यहाँका नेताले बाजी मार्न सक्छन् ।” महाधिवेशनका लागि सुदूरपश्चिमका नौवटै जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र पार्टी सभापतिलगायत नेता काठमाडाँै जाने क्रम सुरु भइसकेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessDeathdigital khabarhealthKathmandunepali congressNepali NewsPoliticRain
Comments (0)
Add Comment