सानिमा बैंकले संस्थापक शेयर विक्री गर्दै

२२ मंसिर, काठमाडौं । सानिमा बैंकले २० लाख ५ हजार ३०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ ।

शेयरको मूल्य प्रतिकित्ता २२० रुपैयाँमा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने हुन्छ ।

बैंकले तोकेको उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले सोही सुचनामा मार्फत जानकारी गराएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobankingbusinessCoronavirusCovid-19DeathhealthKathmanduNews businessRain
Comments (0)
Add Comment