एनएमबि बैंकले स्विटजरल्याण्डबाट डेढ अर्ब ल्याउन स्वीकृति पायो

२१ मंसिर, काठमाडौं । तरलता अभाव भइरहेका बेलामा एनएमबि बैंकले विदेशबाट पैसा ल्याउने भएको छ । स्विटजरल्याण्डको ओबीएएम (OBVIAM) इन्भेष्टमेन्ट फण्डबाट सफ्ट लोन स्वरुप १२ मिलियन डलर ( करिब डेढ अर्ब रुपैयाँ) बराबर पैसा ल्याउने भएको हो ।

उक्त पैसा ल्याउनका लागि मंगलबार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए । विदेशबाट सस्तो ब्याजदरमा ल्याएको ऋणले केही हदसम्म भएपनि नेपाली बैंकिङ प्रणालीको तरलता संकटमा राहत दिने विश्वास लिने बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बताए । यसअघि एक वर्ष पहिला पनि बेलायती संस्था सीबीसीले एनएमबि बैंकलाई १५ मिलियन डलर ल्याइसकेको छ ।

गत हप्ता मात्रै एनएमबि बैंक लिमिटेड एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको थियो । नेपाली बैंकिङ इतिहासमै पहिलोपटक एनएमबि बैंकले ‘बैंक अफ दि इयर एशिया २०२१’ अवार्ड हात पार्न सफल भएको हो।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment