बैंकमा बढ्यो निक्षेप, कर्जा-निक्षेप अनुपात भने उस्तै

२० मंसिर, काठमाडौं । पछिल्लो समय लगातार घटिरहेको बैंकहरुको निक्षेप गत साता भने वृद्धि भएको छ । एक सातामा ७ अर्ब रुपैयाँले निक्षेप बढेको नेपाल बैंकर्स संघले बताएको छ । अघिल्लो साता बैंकहरुको सात अर्ब रुपैयाँले नै निक्षेप घटेको थियो ।

३ मंसिरसम्म २७ वाणिज्य बैंकहरुमा ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । थप निक्षेप आउनुको सट्टा १० मंसिरमा उल्टै ७ अर्बले निक्षेप घटेर ४२ खर्ब १९ अर्बमा झरेको थियो । तर १७ मंसिरमा आइपुग्दा भने ७ अर्बले निक्षेप बढेर पुनः ४२ खर्ब २६ अर्ब रुपैयाँमा पुगेको संघले बताएको छ ।

निक्षेपमा झिनो सुधार भएको छ भने उता कर्जा दिने क्रम पनि बैंकहरुले रोकेका छैन । ७ अर्बले निक्षेप बढ्दा त्यसको दोब्बर अर्थात् १४ अर्ब रुपैयाँले कर्जा लगानी बढी भएको छ । १० मंसिरमा ४० खर्ब ५५ अर्ब रुपैयाँ रहेको बैंकको ऋण लगानी १७ मंसिरमा ४० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरु कर्जा विस्तारमा आक्रामक हुँदा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) मा भने सुधार हुन सकेको छैन । सीडी रेसियो अघिल्लो साता ९१ प्रतिशतभन्दा तल रहेकोमा यो साता ९१ दशमलव २४ प्रतिशत पुगेको संघले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobankingbusinessDeathdigital khabarhealthKathmanduNepali NewsRain
Comments (0)
Add Comment