पदबहाली गर्दै लिङ्देनले भने- पूर्व अध्यक्षहरुको कार्यकक्ष यथावत् छ

२० मंसिर,काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनले पूर्व अध्यक्षहरु पशुपति शमशेर राणा र कमल थापाको कार्यकक्ष यथावत् राख्दै पदबहाली गरेका छन्।

लिङ्देनले अग्रजहरु कार्यालय आउन सहज होस् भनेर सम्मान गर्दै महामन्त्री हुँदाको कक्षमा नै अध्यक्षको पदबहाली गरेको बताए। सोमबार लिङ्देनले चावहिलस्थित पार्टी कार्यालयमा पदबहाली गरेका हुन्।

‘म मेरा श्रद्धेय नेताहरु बसेकै कुर्सीमा बसौं, त्यहाँ बसेर इच्छा पूरा गरौं, दुनियाँलाई देखाऔं भन्ने रहरले अध्यक्ष विजयी भएको होइन,’ पदबहाली गर्दै लिङ्देनले भने, ‘त्यहाँ हाम्रा अध्यक्षत्रय, खासगरी जहाँ कमल थापा बस्दै हुनुहुन्थ्यो त्यहाँ फेरि पनि उहाँ अभिभावकको रुपमा आउनुपर्छ।’ यसैका लागि आफू महामन्त्री हुँदा बसेको कोठा र कुर्सिमा पदभारग्रहण गर्दै अग्रजको सम्मानमा कोठा सुरक्षित राखेको उनले बताए।

राप्रपालाई नवीन ढंगले लैजानुपर्यो भन्ने आम जनता र पार्टी कार्यकर्ताको चाहनालाई मात्रै आफूले प्रतिनिधित्व गरेको उनको भनाइ थियो। ‘मैले पूर्वअध्यक्षहरु बस्ने कुर्सीमा बस्ने चाहनाले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको हैन,’ उनले भने ,‘त्यहाँ बैठक गर्ने, जाने त मैले पनि गर्छु, तर उहाँहरुलाई आउन, बस्न सजिलो होस् भनेर त्यसलाई हाम्रो नेतात्रयका लागि सुरक्षित बनाएको हुँ।’ लिङ्देनले आफ्नो जित युवाहरुको चाहना भएको बताए।

पार्टीका महाधिवेशन प्रतिनिधिहरुको भोट र विश्वासका कारण आफूले उक्त पदमा जित हात पारेकाले उनीहरुको चाहना अनुसार, अग्रजलाई सम्मान गर्दै पार्टी सञ्चालन गर्ने उनले बताए।

अध्यक्ष पदमा लिङ्देनसँग पराजित भएपछि निवर्तमान अध्यक्ष कमल थापाले निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका थिए। ‘मेरो विजयलाई राजासंस्थासँग तान्नु दुर्भाग्यपूर्ण र खेदजनक छ’ पदबहाली गर्दै अध्यक्ष लिङ्देनले भने ‘यो महाधिवेशन प्रतिनिधिप्रतिको अविश्वास हो।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment