महाधिवेशन प्रतिनिधि कसको कति

१९ मंसिर, काठमाडौं । महाधिवेशन प्रतिनिधिमा देउवा ६ सय मतले पछाडि भने पौडेल पक्षमा २१ सय महाधिवेशन प्रतिनिधि खुलेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अहिलेसम्म ६१ जिल्लाको अधिवेशन सम्पन्न भएका छन् । बाँकी १६ जिल्लामा महाधिवेशनपछि मात्रै जिल्ला नेतृत्वका लागि निर्वाचन हुनेछ । यद्यपि सबैजसो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको छ ।

कांग्रेसको नेतृत्व छान्न महाधिवेशन प्रतिनिधिहरुको मत निर्णायक हुन्छ । ६१ जिल्लामा सभापति शेरबहादुर देउवानिकट जिल्ला सभापतिहरु धेरै निर्वाचित भएका छन् । हालसम्म देउवा पक्षले ३२ जिल्लामा सभापति जितेको दावी गरेको छ । सो दावीलाई मान्ने हो भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले २७ र नेता कृष्णप्रसाद सिटौला पक्षले २ जिल्लामा सभापति जितेका छन् ।

जिल्ला सभापतिमा धेरै जितेको भएपनि महाधिवेशन प्रतिनिधिमा भने कमजोर नतिजा आएपछि देउवा तनावमा छन् । देउवा पक्षले कांग्रेस महाधिवेशनमा थोरै महाधिवेशन प्रतिनिधि हुने जिल्लामा वर्चस्व देखाएको छ । हुम्ला, जुम्ला, डोल्पा, मुगु, ताप्लेजुङ, पाँचथर, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, रसुवा, लमजुङ, मनाङ, पर्वत, सल्यान, बझाङ, डोटी र डडेल्धुरा जस्ता एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा देउवा पक्षले जितेको छ । देउवा पक्षले जित दावी गरेको ३२ मध्ये करिब २० जिल्लाबाट २५ जनाको दरले मात्रै महाधिवेशन प्रतिनिधि आउँछन् । महाधिवेशन प्रतिनिधिमा अधिकांश जिल्लामा मिश्रित नतिजा छ ।

अर्कोतिर वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले भने ठूला र बढी मतदाता भएका जिल्लामा वर्चस्व देखाएको छ । पौडेल पक्षले सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र भएको काठमाडौंमा प्रभावशाली जित हासिल गरेको छ । काठमाडौंले मात्रै देउवा पक्षका ८ देखि १० जिल्लाको क्षतिपूर्ति गर्ने देखिन्छ । काठमाडौंबाट कम्तीमा २ सय ५० महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । त्यसमा पौडेल पक्षले ८० प्रतिशत नतिजा आफ्नो पक्षमा पारेको छ । त्यस्तै काठमाडौंपछि सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको मोरङमा पौडेल पक्षकै जित भएको छ । मोरङमा ६ निर्वाचन क्षेत्रबाट कम्तीमा १ सय ५० महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । ५ निर्वाचन क्षेत्र भएको झापामा सिटौला पक्षले सभापति जित्दा महाधिवेशन प्रतिनिधिमा पौडेल र देउवा पक्षको शक्ति बराबर देखिन्छ ।

त्यस्तै ४ निर्वाचन क्षेत्र भएको सुनसरीमा पनि पौडेल पक्षले जितेको छ । सो जिल्लाबाट कांग्रेस महाधिवेशनमा कम्तीमा १ सय प्रतिनिधि निर्वाचित भएका छन् । ४ निर्वाचन क्षेत्र भएका २ नम्बर प्रदेशका ८ जिल्लामा देउवा पक्षलाई उपसभापति विमलेन्द्र निधि पक्षले क्षति गराएको छ । जिल्ला सभापतिको निर्वाचन नभएपनि २ नम्बर प्रदेशमा निधिले देउवालाई बढी क्षति गर्ने देखिन्छ । जसको लाभ पौडेल पक्षलाई हुनेछ ।

तीन निर्वाचन क्षेत्र भएको दाङ, ललितपुर र कपिलवस्तुमा पौडेल पक्षले वर्चस्व जमाएको छ । कास्कीमा जिल्ला सभापति देउवा पक्षले जितेपनि महाधिवेशन प्रतिनिधिमा अधिकांश पौडेल पक्षकै छन् । चितवनमा पनि पौडेल पक्षले ८० प्रतिशत महाधिवेशन प्रतिनिधि जितेको छ ।
दुई निर्वाचन क्षेत्र भएका गोरखा, स्याङ्जा, नुवाकोट, धादिङ, पश्चिम नवलपरासी, पाल्पा, गुल्मी र दैलेखमा पौडेल पक्षले बहुमत महाधिवेशन प्रतिनिधिसहित जितेको छ । एक निर्वाचन क्षेत्र भएकामध्ये पौडेल पक्षले बाजुरा, मुस्ताङ, रुकुम पूवर्व, संखुवासभा, खोटाङ, भोजपुर, तेर्हथुम, अर्घाखाँची, प्यूठान, दोलखा, कालीकोट र दार्चुलामा पौडेल पक्षको जित भएको छ ।

यसरी हेर्दा कांग्रेसको महाधिवेशनमा बढी भोट भएका जिल्लामा पौडेल पक्षकै वर्चस्व देखिन्छ । जिल्ला सभापतिको संख्याले केन्द्रीय नेतृत्व चयनमा तात्विक अर्थ राख्दैन । हालसम्मको परिणाम हेर्दा पौडेल पक्षले पाँच वटा प्रदेशमा स्पष्ट बहुमत हासिल गरेको छ ।

कांग्रेस महाधिवेशनको देशभरीको तथ्यांकलाई सुक्ष्म ढंगले केलाउँदा निर्वाचन क्षेत्रबाट आउने ४१ सय बढी महाधिवेशन प्रतिनिधिमा देउवा पक्षले बढीमा १ हजार ५ सय प्रतिनिधि जितेको देखिन्छ । पौडेल नेतृत्वको संस्थापन इतर पक्षले करिब २ हजार १ सय महाधिवेशन प्रतिनिधि जितेको छ । बाँकी ५ सय मतमध्ये अधिकांश विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलानिकट देखिन्छ । केही मत तटस्थ रहेका छन् । संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन भएमा तटस्थ रहेको २ सय मत थपिने आँकलन गरिएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment