ओमिक्रोन विश्वका ४० बढी राष्ट्रमा, कुल संक्रमित र निकाे हुने राेगीकाे संख्यामा २ कराेड ६३ लाख ३१ हजार २८० काे अन्तर

१९ मंसिर, काठमाडाैँ । विश्वमा काेराेनाभाइरसका कारण विश्वमा ज्यान गुमाउनेकाे संख्या ५२ लाख ६३ हजार ६२६ पुगेकाे छ भने कुल संक्रमित र निकाे हुने राेगीकाे संख्यामा २ कराेड ६३ लाख ३१ हजार २८० काे अन्तर रहेकाे छ ।

केहि समयबाट काेराेना जितेका विश्वका जनताले भने पछिल्लाे समय ओमिक्रोन भाेग्नुपरेकाे छ ।

कोभिड-१९ को नयाँ भेरिअन्ट ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको छ । भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा चार व्यक्ति भेटिएका छन् । तर नेपालमा अहिलेसम्म यो भेरिअन्ट आइपुगेको जानकारी छैन ।

यसकै कारण धेरै देशहरूले चेकजाँच र नियममा परिवर्तन ल्याइरहेका छन् ।

विश्वमा अहिले काेराेनाका सक्रिय संक्रमितकाे संख्या २ कराेड १० लाख ६७ हजार ६५४ रहेका छन् भने त्यसमा पनि गम्भीर राेगी ८६ हजार ६८३ छन् ।

पछिल्लाे दिनमा याे राेगबाट मृत्यु हुनेकाे संख्या ५ हजार ५४८ छ । नयाँ ५ लाख १७ हजार ४०७ राेगी थपिँदा ३ लाख ७२ हजार ७३ जनाले स्वास्थ्य लाभ गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalomicron variantsPolitictechnology
Comments (0)
Add Comment