चीनले अफ्रिकालाई महामारीविरुद्ध जुध्न मद्दत गर्ने

१८ मंसिर, मस्को । चीनले अफ्रिकालाई कोभिड–१९ महामारीविरुद्ध जुध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्न चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

“चीनले अफ्रिकाको भरपर्दो मित्र भएको कुरामा जोड दिएको छ र यो हरेकपटक व्यवहारमा पुष्टि पनि भएको छ,” रुसी एकेडेमी अफ साइन्सेसको अफ्रिकी अध्ययन संस्थानका प्रमुख अनुसन्धान फेलो तातियाना डेचले भनेका छन् ।

“कृषि निर्यातका लागि चीनको समर्थनले अफ्रिकी देशहरूलाई व्यापार असन्तुलन कम गर्न र चीनमा कच्चापदार्थको निर्यातमा उनीहरूको निर्भरता कम गर्न मद्दत गर्नेछ । यसले विश्व बजारमा अफ्रिकाको प्रतिस्पर्धात्मकतामा सुधार गर्नेछ,” डेचले थपे ।

चीनले अफ्रिकी देशहरूको भरपर्दो साझेदारको रूपमा आफ्नो विश्वसनीयता बलियो बनाएको छ र चीन–अफ्रिका सहयोगलाई बदनाम गर्ने अफवाहहरूको खन्डन गरेको छ । रासस/सिन्ह्वा



मल्टिमिडिया ग्यालरी

businessChinaCovid-19digital khabarhealthLockdownnepalNewsPoliticSiuth Africatechnology
Comments (0)
Add Comment