माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन : प्रवेश शुल्क २ हजार रुपैयाँ ताेकियाे

१७ मंसिर, काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) ले पार्टीकाे राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ ताेकेकाे छ ।

आज शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ ताेकेकाे पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयाे ।

यस्तै स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहनुभएको छ । याे उपसमितिले आउँदो मङ्सिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता महराले बताउनुभयो ।

यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमितिहरू बनाइएको बताउनुभयो । बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताउनुभयो ।

प्रवक्ता महराले भन्नुभयो, ‘राष्ट्रिय सम्मेलनको विषयमा प्रतिनिधि चयनका निम्ति हरेक प्रदेशले ३० जना ल्याउने र बाँकी पार्टी सदस्य नवीकरणको सङ्ख्याको आधारमा कुन प्रदेशले कति गर्‍याे त्यसको आधारमा गर्ने भन्ने निर्णय गरिएको छ । आउने प्रतिनिधिहरूको प्रवेश शुल्क तोकिएको छ । प्रत्येक पार्टी सदस्यलाई दुई हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BusinesbusinessDeathdigital khabarhealthKathmanduNepali NewsPolitic
Comments (0)
Add Comment