दुई विषयमा ‘ए प्लस’ ल्याउँदै करिश्मा मानन्धरले पास गरिन् प्लस टु

१७ मंसिर, काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तिर्ण भएकी छन् । गएको भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको हो ।

अभिनेत्री मानन्धर २.४१ जिपिए ल्याएर उत्तिर्ण भएकी हुन् । उनले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छन् ।

‘कोरोना महामारीका कारण नियमित कक्षा जान पाइएको थिएन, छोटो समयको तयारीले पनि राम्रै भएछ जस्तो लाग्यो, खुशी छु’, माननन्धरले देश सञ्चारसँग भनिन् ।

उनले अब स्नातक पढ्ने योजना रहेको बताइन् । उनले भनिन्, ‘मलाई अझै पढ्ने इच्छा छ । समाजशास्त्र वा ग्रामीण विकास मुल विषय लिएर पढ्ने योजना छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BusinesbusinessDeathdigital khabareducationhealthKathmanduNepali News
Comments (0)
Add Comment