मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाद्वारा सहयोग प्रदान

१७ मंसिर, काठमाडौं । आज अन्तरास्ट्रिय अपाङ्ग दिवस ( 3 December ) को अवसरमा समाजिक कार्यक्रम अग्रसर रहने मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाद्वारा सहयोग प्रदान गरेको छ ।

मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाले अपाङ्गता पुनःस्थापन केन्द्र नेपाल, गोकर्णेश्वरमा आश्रयरत अपाङ्ग विद्यार्थीहरुका लागि अति आबश्यक खाद्यान्न उपलब्ध गराएको समाजिक अभियन्ता ईश्वर पुडासैनीले जानकारी दिनुभयो ।

शुक्रबार बिहान सामाजिक अभियन्ताहरु आश्रयस्थल पुगि अपाङ्ग विद्यार्थीहरुमाझ अति आवश्यक खाद्यान्न वितरण कार्यक्रममा भएको हो ।

उक्त कार्यक्रममा संस्थाका केन्द्रीय सल्लाहकार उत्तम पुडासैनी, केन्द्रीय महासचिव रामकृष्ण बराल, काठमाडौ शाखा सभापति भगवान पुडासैनी तथा सचिव प्रमोद फुयाल र ईश्वर पुडासैनी, नानीकाजी गिरिको सहभागिता रहेको थियो ।

साथै अन्तरास्ट्रिय अपाङ्ग दिवस ( 3 December ) का दिन आज मानवअधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा शान्ति नमुना माबिका दृष्टिबिहिन बिद्यार्थिहरुलाई स्विटर, साबुन,ब्रस,पेस्ट,तेल लगाएतका रु २६००० बराबरको सामाग्री बितरण गरेको समाजिक अभियन्ता तथा मानव अधिकार तथा शान्ति समाज केन्द्रीय सभापति गोविन्द खनालले बताउनुभयो ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनामा दृष्टिबिहिन, ह्वील चियर प्रयोगकर्ता, बहिरा, शारीरिक अपाङता भएका लगायतका अपाङता भएका झन्डै ३० बढीको सहभागितामा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNewsPolitic
Comments (0)
Add Comment