पुस्तकालयको तथ्याङ्क सङ्कलन गरिँदै

१६ मंसिर, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ ।

मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क सङ्कलन सुरु गरेको हो । देशभित्रका पुस्तकालयको क्षमता विकास, सुदृढीकरण तथा सु–सञ्चालनका लागि तथ्याङ्क सङ्कलनले आवश्यक नीति निर्माण तथा विभिन्न कार्यक्रम तर्जुमा गर्न तीनवटै तहका सरकारलाई सहजता दिने विश्वास लिइएको छ ।

हाल मुलुकभरि करिब एक हजार सामुदायिक पुस्तकालय रहेका छन् । पठन संस्कृतिको विकास गर्नु र डिजिटल माध्यमको प्रयोगसँगै सार्वजनिक पुस्तकालयलमा पाठक बढाउने चुनौती देखिएको छ ।

मन्त्रालयको पुस्तकालय समन्वय तथा अभिलेख शाखाले अनलाइन प्रश्नावली भराई आउँदो पुस १५ गतेभित्र उपलब्ध गराउन आग्रह गरेका छन् । सोका लागि अनुगमन गरी सहयोग गर्न मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabardigital khabar educationeducationhealthKathmanduNepali News
Comments (0)
Add Comment