राप्रपा महाधिवेशनको लक्ष्यः ‘राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना’

१६ मंसिर, काठमाडौं । राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको साझा लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनीले राजधानीको भृकुटीमण्डपमा बुधबार संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले संसद्मा बहुमत पु¥याएर संविधान संशोधन गरी राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापना गर्नेभन्दा सके संसद् नसके सडकबाटै आन्दोलनमार्फत जनदबाब बढाएर राजतन्त्र र हिन्दुराष्ट्र पुर्नस्थापना गर्ने रणनीति अघि बढाउने बताए ।

‘नागार्जुन रहेका राजालाई नारायणहिटी ल्याउँछौं, हाम्रो ध्येय यही हो, राप्रपाले सके संसद् नसके सडकबाट आन्दोलनमार्फत राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापनाको एजेन्डा अघि बढाउँछ, अबको लक्ष्य जनता आऊ राजा ल्याऊ हो,’ थापाले भने ।
उनले संसद्बाहिर रहेका दलसहितका अन्य शक्तिलाई पनि राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापनाको साझा एजेन्डामा समेट्ने गरी रणनीति लिनेसमेत बताए । राजधानीबाट



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment