देशभर चिसो बढ्ने क्रम जारी, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने

१६ मंसिर, काठमाडाैँ । २०७८ मंसिर १६ गते (बिहीबार) जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्य देखि पूर्णतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ ।

जल तथा माैसम विभाग भन्छ – “सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनुहुन अनुरोध छ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन समेत अनुरोध छ ।”



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalPolitictechnology
Comments (0)
Add Comment