त्रिभुवन विमानस्थलमा सटल बस सञ्चालनमा

१५ मंसिर, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीनवटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको हो ।

सो सटल बसको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले उद्घाटन गर्नुभएको छ । मन्त्री आलेले विमानस्थल प्रहरीलाई बारम्बार निर्देशन दिएर यात्रुलाई मिटरमा मात्रै लैजाने व्यवस्था गरी ट्याक्सीको ठगि नियन्त्रण गर्न भनिएको बताउनुभयो ।

उहाँले पटक पटक आफैंले निर्देशन दिँदासमेत यात्रु लुट्ने क्रम जारी रहेपछि सटल बसको व्यवस्था गर्र्नु परेको बताउनुभयो ।

पर्यटनमन्त्री आलेले वैदेशिक रोजगारीमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्न यात्रुलाई आग्रह गर्नुभयो । उहाँले विमानस्थलको क्यान्टिन तथा कफी पसलमा रहेको महंगी १५ प्रतिशत सस्तो भएपनि ट्याक्सीहरुले भने अटेर गरेको बताउनुभयो ।

यस्तै, आजबाट नै वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घरको पनि सुरुवात गरिएको छ । अब विमानस्थलमा आन्तरिक हवाई यात्रा गर्ने यात्रुले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सटल बसमा निःशुल्क यात्रा गर्न पाउने छन् । सटल बसले आन्तरिक टर्मिनलदेखि विमानस्थलको गोल्डन गेटसम्मसेवा दिनेछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabarhealthKathmanduNepali News
Comments (0)
Add Comment