नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा

१५ मंसिर,काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको वडा, नगरपालिका तथा जिल्लागत अधिवेशनको सकिए संगै प्रदेश तथा केन्द्रीय महाधिवेशनले राजनैतिक माहोल तातेको छ । जिल्लाबाट प्रदेश तथा महाधिवेशनको प्रतिनिधीहरुले विजय पश्चाच केन्द्रीय सदस्यको लागि उम्मेदवारी घोषणा क्रमबद्ध रुपमा हुदै छ ।

यतिवेला १४औँ महाधिवेशनले नेपाली कांग्रेसको राजनैतिक माहोल तातेको छ । कांग्रेसमा पछिल्लो चरणमा युवा पुस्ताहरुको आकर्षण बढेको देखिन्छ । काठमाडौं क्षेत्र नम्वर ०३ बाट अत्यधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित युवा नेता हरिवोल भण्डारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

अग्रजहरुको मार्ग निर्देशन र साथीहरुको हातेमालोका कारण सम्भव भएको यो राजनैतिक यात्रा तपाईको र मेरो लामो राजनैतिक सहयात्रालाई थप गति दिन मैले नेपाली कॉंग्रेसको केन्द्रीय सदस्य बन्ने आकांक्षा राखेको छुँ । यसका लागि तपाईको पथ-प्रदर्शन एवं साथ-सहयोगको अपेक्षा रहेको युवा नेता भण्डारीले बताउनुभयो ।

गोकर्णेश्वर—७, स्थायी बासिन्दा भण्डारीले काठमाडौं क्षेत्र नम्वर ३ मा नेपाली कांग्रेसको राजनैतिक रुपमा सक्रिय भूमिका निर्वाह गर्दै पार्टी संगठन निमार्ण गर्न ,नेपाल तरुण दल तथा नेविसंघ जस्तो कांग्रेसको भातृ संस्था स्थापन गर्न उनले सक्रियता देखाएका थिए । सामाजिक सेवामा आफूलाई देखाउन नहाउदै अप्रत्यक्षरुपमा सक्रिय रहेतापनि उनी विशेषरुपमा राजनैतिक कार्यमा अग्रसर व्यक्त्तिको रुपमा उनी परिचित छन् ।

नेपाली कॉंग्रेसका संस्थापक नेताहरु बिश्वेश्वर प्रसाद कोईराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई लगायत दर्जनौ नेताहरुको बलिदानलाई स्मरण गर्दै देश र नेपाली जनताले खोजेको आर्थिक बिकास र समृद्धिको चाहानालाई पुरागर्न । बिपी कोईरालाले स्थापित गर्नुभएको कॉंग्रेसी संस्कार र जीवनशैलीमा अनुसरण गर्दै हामी सबैले आफुलाई रुपान्तरित गर्न देश र समाजप्रतिको कर्तव्य पुरा गर्न नेपाली कॉंग्रेसको झण्डा फर्फाराउँने महान कार्यलाई साकार पार्न आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो ।

भण्डारी १३ औं कांग्रेसको महाधिवेशनमा पनि केन्द्रीय सदस्यहमा रुपमा उठेका थिए । राजनीति सहित समाजसेवामा उत्तिकै क्रियाशील भण्डारी जत्तिको पात्रलाई राष्ट्रिय राजनीतिमै स्थापित गराउन केन्द्रीय सदस्यमा जिताउनुको विकल्य नरहेको महाधिवशेन प्रतिनिधी तथा नेताहरुले बताउनुभयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment