एमाले महाधिवेशन : बिहान ४ बजेबाट मतदान जारी

१४ मंसिर, चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सौराहामा आज (मंगलबार) बिहानबाट मतदान जारी छ ।

राति २ बजेबाट मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको हो । पहिलो मत एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् । उनी अध्यक्षका उम्मेदवार हुन् । ओलीसँग उपाध्यक्ष भीम रावल चुनावी प्रतिस्पर्धामा छन् ।

अध्यक्षका उम्मेदवार रालव लगायतका नेताहरूले सुरूवातमा मतदान गरेका थिए । यसअघिको कार्यतालिका अनुसार बिहान ८ बजेसम्म मतदान हुनेछ ।

एमालेमा अध्यक्ष तथा उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सात जना प्रतिस्पर्धामा छन् । सात सचिव पदमा ९ जनाको उम्मेदवारी परेको छ। ७ क्लस्टरका केन्द्रीय सदस्यका लागि पनि चुनाव भएको हो । एमालेको १०औँ महाधिवेशन १० मंसिरदेखि जारी छ ।



मल्टिमिडिया ग्यालरी

ChitwanCoronavirusCovid-19CPN UMLdigital khabarhealthLockdownnepalNewsPolitictechnologyumlUML Election
Comments (0)
Add Comment