गृदरबन्दीअनुसारका चिकित्सक नहुँदा समस्या

१३ मंसिर, उदयपुर । तीन लाख ५० हजार उदयपुरवासीको साझा अस्पतालका रुपमा रहेकोे जिल्ला अस्पतालमा लामो समयदेखि चिकित्सकको दरबन्दी पूर्ति नहुँदा अस्पताल सञ्चालनमा समस्या हुँदै आएको छ । पचास श्यया क्षमताको अस्पतालमा १३ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एकस्थायी मेडिकल अधिकृतसहित अन्य दुई अस्थायी मेडिकल अधिकृतबाट अस्पताल सञ्चालन हुँदै आएको छ ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने विभिन्न रोगीको चाप दिनदिनै बढ्दै गरे पनि सम्बन्धित रोगको विशेषज्ञको अभावमा उपचारमा असर परेकोे अस्पतालका कर्मचारी बताउँछन् । तेह्र जनाको दरबन्दीमध्ये अहिले एक स्त्रीरोगसम्बन्धी र एक जनरल फिजिसियन र एक मेडिकल अधिकृतमात्र रहेकाले सोचेजस्तो उपचार हुन नसकेको जिल्ला अस्पतालका प्रमुख तथा मेडिकल अधिकृत जीवनारायण मण्डलले बताउनुभयो ।

दुई वर्षअघि स्वास्थ्य विभागले रु एक करोडमा खरिद गरेर पठाएको दुई वटा भेन्टिलेटर पनि एनेस्थेशिया चिकित्सककोे अभावमा सञ्चालन हुन नसक्दा भेन्टिलेटर थन्किएर बसेको अस्पताल विकास समितिका सदस्य महेश रोकाले बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक खड्ग परियारले आफूहरुले पटकपटक सम्बन्धित निकायमा चिकित्सक र अन्य कर्मचारीको दरबन्दी पूरा गरिदिन अनुरोध गर्दै आएको दुई वर्ष बितिसके पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

पहाडी छिमेकी जिल्ला खोटाङबाट समेत यहाँ ठूलो सङ्ख्यामा बिरामी आउने गरेकामा अहिले आवश्यक जनशक्ति नहुँदा बिरामीलाई अन्यत्र लानु परेको परेको त्रियुगा नगरपालिका– ३ मोतिगडाका दुर्गाप्रसाद भट्टराईले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19DeathDoctorhealthKathmandhuKathmandu
Comments (0)
Add Comment