सुनको मूल्यमा सोमबार सामान्य गिरावट, चाँदी भने बढ्यो

१३ मंसिर, काठमाडाैँ । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २२० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ, तेजावी सुन ९१ हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुनको मूल्य घटेपनि चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilverhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment