कोरोनाको नयाँ भेरियन्ट भेटिएपछि बेलायतमा मंगलवारदेखि मास्क अनिवार्य

१३ मंसिर, लण्डन। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ ।

स्वास्थ्यमन्त्री साजिद जावेदले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएपछि मंगलबारदेखि बेलायतका पसल र सार्वजनिक यातायातमा जाँदा फेस मास्क प्रयोग गर्नु पर्ने घोषणा गरेका छन् ।

यसअघि प्रधानमन्त्री बोरिस जोनसनले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने घोषणा पनि गरेका थिए । बेलायतले १० नयाँ रेडलिस्टमा परेका देशहरूबाट आउनेलाई १० दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागु गरेको छ ।

नयाँ कोरोना भाइरसको भेरियन्ट देखा परेपछि सरकारले अफ्रिकाका केही देशबाट उडान रोक्ने निर्णयसमेत गरेको छ । एजेन्सी



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownLondonnepalPolitictechnology
Comments (0)
Add Comment