कोरोना सङ्क्रमित नेता आचार्य भरतपुर अस्पतालमा

१२ मंसिर, काठमाडौँ । कोरोना सङ्क्रमण पुष्टि भएका एमाले नेता भीम आचार्यलाई चितवनको भरतपुर अस्पताल लगिएको छ ।

महाधिवेशनमा सहभागी हुन् मङ्सिर ९ गते चितवन पुग्नुभएका आचार्यलाई राति ज्वरो आएपछि एन्टिजेन परीक्षण गर्दा मङ्सिर १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि महाधिवेशनमा सहभागी हुन नपाउनुभएका आचार्यलाई चिकित्सकको सल्लाह अनुसार आइतबार भरतपुर अस्पताल लगिएको उहाँका सहयोगी लोकेश निरौलाले जानकारी दिनुभयो । निरौलाका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य छ । सामान्य ज्वरो आएको उहाँको भनाइ छ।

‘चिकित्सकको सल्लाह अनुसार भरतपुर अस्पतालमा लगिएको हो’, निरौलाले भन्नुभयो, ‘स्वास्थ्य अवस्था सामान्छ छ । विस्तारै ज्वरो घट्दै गएको छ ।’ चिकित्सकको सल्लाह अनुसार अस्पतालमा सिटी स्क्यान हुने उहाँको भनाइ छ ।

चितवनमा एमालेको १० औँ महाधिवेशनको चहलपहल बढ्दै गर्दा सङ्क्रमण पुष्टि भएपछि प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका आचार्य सौराहास्थित सेभन स्टार होटलको आइसोलेसनमा हुनुहुन्थ्यो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahiroCoronaviruscovid 19 updateCovid19DeathemalehealthKathmanduRain
Comments (0)
Add Comment