आजकाे माैसम जानकारी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

१२ मंसिर, काठमाडाैं । हाल नेपालको पूर्वी भू-भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्मानुमान महाशाखाले जनाएकाे छ । अहिले देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागहरुमा  आंशिकदेखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।

प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthHImalHimpatLockdownnepalNewsPoliticSnowfalltechnologyWeather
Comments (0)
Add Comment