जर्मनीद्वारा दक्षिण अफ्रिकाबाट हुने अधिकांश यात्रा प्रतिबन्धित

१० मंसिर, एजेन्सी । जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड-१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको कार्यवाहक स्वास्थ्य मन्त्री जेन्स स्पानले शुक्रबार बताउँनुभएको छ।

शुक्रबार रातिदेखि शुरु हुने नयाँ नियमहरूले दक्षिण अफ्रिका र “सम्भवतः छिमेकी राष्ट्रहरू” लाई असर गर्ने स्पानले बताउँनुभएको छ । यद्यपि जर्मन नागरिकलाई भने प्रवेश अनुमति दिइएको छ । खोप लगाए पनि उनीहरू स्वदेश आइपुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarGermanyhealthnepalNewsSouth Africatechnology
Comments (0)
Add Comment