प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा दुलाल

१० मंसिर, चितवन । प्रेस सेन्टर नेपालको पाँचौँ जिल्ला अधिवेशनले दिनेश दुलालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपक खत्री, समावेशी उपाध्यक्षमा अश्मी स्याङ्तान, सचिवमा सुन्दर शिरिष, सहसचिवमा अर्जुन शर्मा र सम्झना कार्की तथा कोषाध्यक्षमा निर्मल बस्नेत चयन हुनुभएको छ । सदस्यमा रश्मी खत्री, राजेन्द्र रानामगर, सुप्रिन्स कसजु, कल्पना श्रेष्ठ, दुर्गा श्रेष्ठ, मोनिका विक, निर्मल माझी, सुमित्रा श्रेष्ठ, स्वस्तिका सापकोटा र वासुदेव गिरी चयन हुनुभएको छ ।

अधिवेशनले सुरेश कसजु, जीवन श्रेष्ठ, विदुर गिरी र टीका दाहाललाई केन्द्रीय प्रतिनिधिमा छनोट गरेको छ । त्यसैगरी प्रदेश प्रतिनिधिमा अशोक पराजुली, केदार माझी, लालकाजी तामाङ, रमेश पराजुली, चन्द्रकला खत्री र बुद्धिप्रसाद आचार्य छनोट हुनुभएको छ । अधिवेशनले सुरेश कसजुको संयोजकत्वमा जीवन श्रेष्ठ र रामकृष्ण थापा सदस्य रहेको सल्लाहकार समितिसमेत बनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessChitwanCoronavirusCovid-19digital khabarLockdownnepalNewsPoliticPress Center Nepaltechnology
Comments (0)
Add Comment