हेलम्बुमा गोठमा आगलागी हुँदा जलेर तीन बालकको निधन (अपडेट)

०७ मंसीर, सिन्धुपाल्चोक​ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सरसिङमा आगलागीमा जलेर तीन बालकको मृत्यु भएको छ ।

वडा नम्बर-७ सरसिङका सन्च तामाङको ढुङ्गा माटोले बनेको, टिनले छाएको एक तले गोठमा आगलागी हुदाँ तीन बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार मृत्यु हुनेमा सन्च तामाङको छोरा ६ वर्षीय मनोज तामाङ, सुकुमान तामाङको छोरा ५ वर्षीय मनिस तामाङ र साईला तामाङको छोरा ५ वर्षका दिल बहादुर तामाङको आगोमा जलेर मृत्यु भएको हो ।

स्थानीय र प्रहरीको सहयोगमा राती आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

accidentbusinessCoronaviruscrimecrime and accidentdigital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment