३५ दिनभित्र ऋण नतिरे सिभिल मल कोषले लिलाम विक्रि गर्ने

०६ मंसीर, काठमाडौं । कर्मचारी सन्चय कोषले सिभिल इन्टेट्स प्रा.लिलाई ३५ दिनभित्र लिएको ऋण भुक्तानी गर्न भन्दै सुचना निकालेको छ । सिभिल बैंकका अध्यक्ष समेत रहेका इच्छाराज तामाङ सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका निक्षेपकर्तालाई संगठित रुपमा ठगि गरेको आरोपमा हिरासतमा रहेका छन् ।

यही बेला कोषले आफुल दिएको ऋणको साँवा र व्याज ३५ दिनभित्र तिर्न र नतिरेमा तामाङको नाममा रहेको कम्पनीको सुन्धारामा बनेको ६ रोपनी जग्गा र सो जग्गामा बनेको ८२ हजार ९५ वर्गफिट बराबरको १३२ इकाइ पसलहरु समेत लिलामी गर्ने सुचना जारी गरेको छ ।

कोषका अनुसार कम्पनीको नाममा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखियाले लिएको ऋणका भाखा नाघेको र ऋणको सावा र ब्याज रकम बुझउन पटक पटक ताकेता गर्दा पनि नबुझाएकोले कोषले ३५ दिने सुचना जारी गरेको हो ।

त्यसबाट लिनुपर्ने रकम असुल उपर नभएमा जमानी दिनेको चल अचल सम्पतीबाट असुल उपर गरिने पनि कोषले जारी गरेको सुचनामा जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी

bankbusinessCivil MallCoronavirusCovid-19Deubadigital khabarIccha Raj TamangLockdownnepalNewsPMPoliticsSanchaya Kosh
Comments (0)
Add Comment