राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल निष्काशन गर्दै

०६ मंसिर, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल निष्कासन गर्ने भएको छ ।

सरकारी खर्च जुटाउनका लागि केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि उक्त रकम बराबरको ट्रेजरी बिल निष्कासन गर्न लागेको हो ।

केन्द्रीय बैंकले ९१ दिनको लागि २ अर्ब २३ करोडको, १८२ दिनको लागि १२ अर्ब ४७ करोड बराबरको र एक वर्षका लागि ११ करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

उक्त बिलहरु क्रमश: आगामी फागुन १० गते, २०७९ जेठ १० गते र २०७९ मंसिर ६ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल के हो ?

मंगलबारदेखि निष्कासन हुने उक्त ट्रेजरी बिल खरीदका लागि बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो २ बजे बोलकबोल गर्न सक्नेछन् ।

ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो । सबै वर्गका बैंक तथा वित्तीय संस्था र सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

यसअघि कार्तिक २९ गते जारी भएको ९१ दिने ट्रेजरी बिल्समा औसत ४.९१४९ र १८२ दिने ट्रेजरी बिल्समा औसत ५.०४२८ डिक्काउन्टदर निर्धारण भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNepal Rastriya BankNews
Comments (0)
Add Comment