बडीगाडमा आजदेखि न्वागी मेला

०५ मङ्सिर, बलेवा । बागलुङको बडिगाड पौँदी न्वागी मेला आजदेखि सुरु भएको छ । बिहान ११ः५ बजेको सुभसाइतमा न्वागी खाएसँगै मेला सुरु भएको हो । पौँदेलीको विशिष्ट पहिचान बनेको न्वागीको नैरित्य दिशातर्फ फर्किएर भगवान् विष्णुलाई अर्पण गरी खाएसँगै मेला सुरु भएको स्थानीय नैनप्रसाद आचार्यले बताउनुभयो ।

मेलाका अवसरमा विभिन्न प्रतियोगितात्मक तथा सांकृतिक कार्यक्रम आयोजना गरिएको छ । मेलाको पहिलो दिन न्वागीको साइत परेकाले आज सबै आगन्तुक पाहुनासहित दर्शकलाई तथा अतिथिका लागि मेला अवधिभर न्वागी खुवाउने व्यवस्था मिलाइएको छ ।

न्वागी स्थानीय जातको जडन धानको चामल, दही र केरामा भिजाएर स्थानीय उत्पादन सिलाम, तिल मिसाई बास्तु पूजा गरी शुभ साइतमा शुभ दिशा फर्किएर खाने एक परिकार हो । पौँदेलीले मङ्सिरमा पर्ने न्वागी नखाएसम्म नयाँ धान प्रयोग नगर्ने चलन रहेको स्थानीय बताउँछन् ।

पौँदी क्षेत्रभित्र बागलुङको ग्वालीचौर, जलजलासहित गुल्मीको नेटा, पौँदीअमराईलगायत तत्कालीन इश्मा राज्यअन्तर्गत पर्ने क्षेत्र पर्ने गर्दछन् । पौँदी क्षेत्रमा हरेक वर्ष मेला लाग्ने गरेको छ । बडीगाडको ग्वालिचौर मात्रै पौँदी क्षेत्रमा पर्ने भए पनि पछिल्लो समय यो मेला गाउँपालिकाको पहिचानकैरुपमा विकास हुँदै गएको छ । “न्वागी नखाई नयाँ चामल खाइँदैन, यो उत्सवकैरुपमा मनाउने चलन छ”, स्थानीय कमल पौडेलले भन्नुभयो, “आपसी सद्भाव र मित्रताको पर्व बनेको छ ।

न्वागी खाने पौँदेलीको शदियौँदेखि चलिआएको धार्मिक एवं सांस्कृतिक परम्परा हो । पौँदीलेले धानबाली थन्क्याइसकेको भए पनि त्यसको प्रयोग बिक्री वितरण नगरी न्वागी खाने दिन र समयको प्रतिक्षामा बसेका थिए । पौँदी क्षेत्रमा खेत नहुने अर्थात् जसको घरमा नयाँ धान भित्रिँदैन उनीहरुलाई पनि न्वागी पर्वमा सरीक गराई न्वागी खुवाउने प्रचलन रहिआएको छ । पौँदेलीको न्वागी पर्व यस क्षेत्रमा मात्र नभएर नेपालकै एक महत्वपूर्ण पर्व मानिन्छ ।

न्वागीका अवसरमा खारबजारमा तीन दिनदेखि हप्ता दिनसम्म विविध कार्यक्रमको आयोजना गरिन्छ । यस अवसरमा व्यापारीले अस्थायी पसल राखेर लाखौँको कारोबार गर्दै आएका छन् । न्वागी यस क्षेत्रको व्यापारिक मेला पनि हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AgricultureBadi PahirobusinessCoronavirusCovid-19Deathdigital khabarhealthKathmanduNepali NewsRainReligionssociety
Comments (0)
Add Comment