काङ्ग्रे अधिवेशन : सुर्खेतका चार प्रदेश क्षेत्रमा नेतृत्व चयन

०५ मंसिर, कर्णाली । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले मतदानमार्फत प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्वको टुङ्गो लगाएको हो ।

सहायक जिल्ला निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाका अनुसार सुर्खेत क्षेत्र नं १ प्रदेशसभा क्षेत्र (क) मा केशर वली, (ख) मा भुपेन्द्र सुवेदी, क्षेत्र नं २ को प्रदेशसभा (क) मा कर्णबहादुर बुढा र (ख) मा तेजबहादुर बस्नेत सभापति पदमा निर्वाचित हुनुभएको छ । अधिवेशनबाट प्रदेशसभा कार्यसमितिका साथै प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ ।

सहायक निर्वाचन अधिकृत सापकोटाले सोमबार सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशन र यही मङ्सिर १० गते जिल्ला अधिवेशन हुने जानकारी दिनुभयो । जिल्ला अधिवेशनमा जिल्लाका सात पदाधिकारी र १० महासमिति सदस्य चयन हुनेछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Congressdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment