पर्वतमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप

०३ मङ्सिर, पर्वत । जिल्लामा १८ वर्ष उमेरभन्दा माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यहाँका सातवटै स्थानीय तहका १८ वर्षदेखि ४५ वर्षसम्मका नागरिकलाई खोप लगाउने अभियान थालिएकोे हो । यसअघि ४५ वर्षभन्दा माथिका सबै नागरिकले दुवै मात्रा खोप पाइसकेका छन् । १८ देखि ४५ वर्ष उमेर समूहका सबै नागरिकलार्ई गत कात्तिक ३० गते देखिनै खोप लगाउन थालिएकोे स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत कात्तिक ३० र यही मङ्सिर १ गते महाशिलामा, मङ्सिर २ र ३ गते फलेवास नगरपालिका, पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा, मङ्सिर ५ र ६ गते कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा तथा मङ्सिर ७ र ८ गते जलजला गाउँपालिकामा खोप लगाउने कार्यक्रम तय भएको छ ।

कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलका अनुसार यो उमेर समूहका सबै नागरिकलाई खोप लगाउन जिल्लामा ३५ हजार ८०० डोज भेरोसेल खोप आएको छ । उक्त डोजले सबै नागरिकले खोप लगाउन पाउने भएका छन् ।

यो पहिलो डोज रहेको र एक महिनापछि अर्को डोज दिइने पनि कार्यालयले जनाएको छ । जिल्लामा १८ वर्ष माथिका कूल ९३ हजार जनसङ्ख्यामध्ये अहिलेसम्म ४७ हजार १४६ ले खोप लगाइसकेको समेत कार्यालयले जनाएको छ । यही मङ्सिर ८ पछि १८ वर्ष माथिका सबै नागरिकले खोप पाइसक्ने पनि उहाँले बताउनुभयो । खोप अभियान सबै पालिकाका सबै स्वास्थ्य चौकीमार्फत सञ्चालन गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahiroBusinesCorona DeathCoronaviruscovid 19 updateCovid-19Deathdigital khabarhealthKathmanduNepali NewsRainVaccine
Comments (0)
Add Comment