प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत पाए

०१ मंसिर, काठममाडाैँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन्।

राईलाई बहुमत प्रदेश सभा सदस्यले मत दिएका छन्। उनको पक्षमा ५० मत आएको छ भने विपक्षमा २९ मत खसेको छ।

राईलाई सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका सांसदले मत दिएका हुन्। प्रमुख विपक्ष एमालेले भने विपक्षमा मतदान गरेको थियो।

९२ सदस्यीय प्रदेश सभामा ७९ सांसद सदनमा उपस्थिति थिए। एमालेको आग्रहमा मंगलबारका लागि तय भएको विश्वासको मतको मतदान एक दिन पर सारिएको थियो।

कार्तिक १६ मा ४९ सांसदको समर्थन सहित राई मुख्यमन्त्री बनेका थिए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNews
Comments (0)
Add Comment