किरात राई तेस्रो अन्तराष्ट्रिय सम्मेलन : उपराष्ट्रपति र मुख्यमन्त्रीद्वारा उद्घाटन

सरोज राई

२८ कात्तिक, काठमाडौं । किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हिजो शनिवारबाट सुरु भएको छ । सम्मेलन काठमाडौंको राष्ट्रिय सभागृहमा सञ्चालन भएको हो। उक्त सम्मेलन ३ दिनसम्म जारी रहने आयोजकले जानकारी दिनुभयो ।

किरात राई जातिको इतिहास, भाषा, धर्म र संस्कृति संरक्षण गर्ने उद्देश्यले सम्मेलन गर्न लागेको किरात राई यायोक्खाले जनाएको छ ।

सम्मलेनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन तथा र प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईद्वारा भएको थियो । यसको बाँकी सम्मेलन आज २८ र भोली २९ गते ललितपुरमा बन्द–सत्र हुने छ । सम्मेलनमा आदीम कृषि पेसामा प्रयोग हुने सरसमान तथा राई सस्कार र संस्कृतिको बारेमा प्रदर्शनी गरेको थियो । किरात राई सम्वन्धी झल्कने हरेक लत्ताकपडा देखी खानपान तथा भेषभूषाको पनि समग्र वस्तुस्थितिको पहिचाहुने राष्ट्रिय सम्मेलन गृह झकीझकाउ पारिएको थियो ।

कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार जितेन राई, गायक राजेश पायल राई, पार्वती राई, भीषण मुकारुङ राई, हास्य कलाकार फुलन्देकी आमा (उमेश राई) र बाँसुरी वादक नगेन्द्र राईको प्रस्तुति रहेको थियो ।

यसअघि २०६७ चैत २७ र २८ गते पहिलो र २०७१ फागुन ९ र १० गते दोस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । यही सन्दर्भमा हाम्रो डिजिटल खवरका सहकर्मी सरोज राईले कैद गरेको केही तस्वीर तथा श्रव्य दृश्यहरु



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment