लुम्बिनी विकास बैंकको लाभांश परिमार्जन, शेयरधनीले पाउने भए १३ प्रतिशत बोनश शेयर मात्रै

२८ कातिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन पछि लुम्बिनी विकास बैंकले नगद लाभांशलाई बोनश शेयरमा परिमार्जन गरेको छ । बैंकले यस अगाडी १० प्रतिशत बोनश शेयर र ३.७१२ प्रतिशत नगद लाभांश सहित १३.७१२ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

राष्ट्र बैंकको निर्देशन पछि बैंकले बोनश शेयर १३ प्रतिशत र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि मात्रै ०.६८४२ प्रतिशत नगद लाभांश दिने भएको छ । परिमार्जित लाभांश अव साधारणसभामा पेश गर्नेछ । साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

बैंकको हालको चुक्ता पूँजी २ अर्ब ९० करोड ६४ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनश शेयर पछि बैंकको चुक्ता पूँजी तीन अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobankingbusinessCoronavirusCovid-19DeathhealthKathmanduNews businessRain
Comments (0)
Add Comment