गुह्येश्वरी गौरीघाटमा सात मेट्रिकटन फोहर व्यवस्थापन

२८ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा सबैभन्दा बढी भक्तजनले छठ पर्व मनाएको गुह्येश्वरी गौरीघाट क्षेत्रमा वाग्मती सफाइ महाअभियानले सफाइ गरेको छ ।

छठ मनाएपछि सफा भइनसकेको उक्त क्षेत्रमा महाअभियानको ४४४औँ हप्ताका अवसरमा आज सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए। सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको उनले बताए । सो क्षेत्रबाट उठाइएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरेको छ ।

सफाइमा पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो । तिलगङ्गा महिला समूह, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, स्थानीयवासीलगायतको पनि सफाइ अभियानमा संस्थागत सहभागिता थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment