दैनिक तापक्रम घट्दै, सतर्कता अपनाउन महाशाखाको आग्रह

२७ कात्तिक, काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

अहिले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकि भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती पनि पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाई छ ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment