देउसी भैलो खेलेर उठाएको रकमबाट अपाङ्गता भएका विद्यार्थीलाई सहयोग

२५ कातिक, सिमकोट । हुम्लाको सिमकोटस्थित बालमन्दिर माध्यामिक विद्यालयका कक्षा दशमा अध्ययनरत विद्यार्थीले देउसी भैलो खेलेर उठाएको रकमबाट अपाङ्गता भएका विद्यार्थी तथा सरसफाइका सामग्री सहयोग गरेका छन् ।

शुभ दिपावलीका अवसरमा खेलिएको देउसी भैलोबाट उठेको रकमले जाडोबाट बच्नका लागि बालमन्दिर माविमा अध्ययनरत २७ विद्यार्थीलाई न्यानो टोपी तथा पञ्जा सहयोग गरेको सो विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले जानकारी दिनुभयो । यसैगरी सो रकमबाट सोही विद्यालयलाई बल तथा नेट सहयोग गरिएको छ ।

त्यस्तै देउसी भैलोबाट उठेको रकमले कक्षा १ देखि १० सम्मका कक्षा कोठामा डस्बिन र कुचोसमेत सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।यस्तै विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकालाई पठनपाठनमा सहयोग पु¥याउनका लागि प्रत्येकलाई एक÷एकवटा मारकर पेनसमेत सहयोग गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahiroBusinesbusinessCoronavirusCovid-19Deathdigital khabarhealthKathmandumoneyNepali NewsRainSchoolStudent
Comments (0)
Add Comment