हेलम्बु ७ इचोकको बस दुर्घटना एकको मृत्यु पाँच घाइते

२४ कात्तिक, सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु ७ इचोकबाट काठमाडौँको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटनामा परेको छ । सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

मृत्यु हनेमा हेलम्बु– ३ पाल्चोककी ५५ वर्षीया महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ । घाइते हुनेमा हेलम्बु ६ का अनुज तामाङ, सोही ठाउँमा पासाङ दोर्जे, साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु ७ का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायब निरीक्षक सुनिल थापाले जानकारी दिनुभयो ।

घाइतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

accidentBadi PahirobadipahiroCoronavirusCovid-19Deathdigital khabarKathmanduNepali NewsRain
Comments (0)
Add Comment