सालिक अनावरण कार्यक्रम स्थगित, बजार क्षेत्रमा निषेधाज्ञा जारी

२४ कार्तिक, सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बुधबार बिहान ११ बजेदेखि बेलुका १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। कमलामाई नगरपालिकाले निर्माण गरेको विपी र पुष्पलालको शालिक अनवरण गर्न एमाले महासचिव ईश्वर पोखरेल आएपछि बुधबार बिहान सत्तारूढ दल र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो। दुवै पक्षबीच झडप हुने स्थिति देखिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सिन्धुली सदरमुकाम माढी बजार, खुल्लामन्च, स्टलबजार, लोकतान्त्रिक चोमा कुनैपनि जुलुस, सभा तथा कार्यक्रम नगर्न निषेधाज्ञा जारी गरिएको बताए।

सालिक अनावरण र सिन्धुलीगढी विजयोत्सवको प्रमुख अतिथिमा एमाले महासचिव ईश्वर पोखरेलाई कमलामाई नगरपालिकाले बोलाएपछि सत्तारुढ गठबन्धनले पार्कमा ताला लगाएका थिए । कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद दाहालले विजयोत्सव कार्यक्रममा अवरोध नगरे पनि बहुमतका नाममा कमलामाई नगरपालिकाले एकलौटी गरेकाले बहिष्कार हुने बताए ।

सिन्धुलीगढी विजयोत्सवको उद्घाटन पूर्वउपप्रधान तथा रक्षामन्त्री पोखरेलबाट हुने कमलामाई नगरप्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । प्रजिअ न्यौपानेका अनुसार सर्वदलीय सहमतिमै तय भएका कार्यक्रममध्ये विजयोत्सव सम्पन्न हुने जनाए ।

विवादका कारणा बिहान केही समय सदरमुकाम तनावग्रस्त बनेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । विवादपछि सालिक अनावरण कार्यक्रम भने स्थगित गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabar
Comments (0)
Add Comment