मेघा बैंकले १२ प्रतिशत लाभांश दिने

२३ कात्तिक, काठमाडौँ । मेगा बैंकले आफ्ना शेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम भएको रु १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ को १२.०७ प्रतिशतले दरले लाभांश शेयर दिने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार रु एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० बराबरको लाभांश शेयर दिइनेछ ।

लाभांश शेयर वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको ११ औँ साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिने बैंकका वरिष्ठ नायब महाप्रबन्धक तुल्सीराम पोखरेलले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobankingbusinessCoronavirusCovid-19Deathdigital khabarhealthNepali NewsRain
Comments (0)
Add Comment