थप ४४३ जनामा सङ्क्रमण पुष्टि, एकको मृत्यु

२३ कातिक, काठमाडौँ । पछिल्लो २४ घण्टामा ४४३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार ९१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ८१८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४८४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४५४ पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा ४३ हजार ३८० जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी नेपालमा हालसम्म सात हजार ६१२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCorona DeathCoronaviruscovid 19 updateCovid19Deathdigital khabarhealthRain
Comments (0)
Add Comment