केपी ओली भन्छन्– एमालेको बाढी कसैले रोक्न सक्दैन, सबै दललाई सोत्तर बनाउँछ

२२ कात्तिक, मोरङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देशभर एमालेको बाढी आउने बताएका छन् ।

एमाले मोरङले सोमबार विराटनगरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी स्थानीय तहको निर्वाचनमा देशभर एमालेको पक्षमा जनमत सिर्जना हुने र देशभर जितेर एमालेको बाढी आउने बताएका हुन् ।

‘मोरङमै मात्र पार्टी एकता हुँदा २९ हजार पार्टी सदस्य थिए । तर अहिले कुहिएका, बिग्रिएका मान्छे बाहिरिए पनि ३४ हजारभन्दा बढी पार्टी सदस्य पुगेका छन्,’ उनले भने, ‘चैत ५ मा हुने स्थानीय तहको निर्वाचनमा देशभर एमालेको बाढी आउँछ, त्यो बाढीले सबैलाई सोत्तर बनाउँछ ।’

अध्यक्ष ओलीले परमादेशको फैसला असंवैधानिक भएको र उक्त फैसला गर्ने न्यायाधीशहरु सोही दिनदेखि राजीनामाका लागि योग्य भएको बताए । ‘हाम्रो पार्टीले लोकतन्त्रलाई मान्दछ । लोकतन्त्र मान्नेले सम्मानित अदालतको फैसला पनि मान्दछ,’ उनले भने, ‘तर अदालतको सम्मान कायम राख्न फैसला न्यायसंगत र संविधान बमोजिम हुनुपर्छ ।’

अध्यक्ष ओलीले आदालतको फैसलाले संविधानको धारा नै परिवर्तन गरिदिएको समेत दाबी गरे । ‘जुन दिन असंवैधानिक फैसला गरियो, त्यही दिनदेखि प्रधानन्यायाधीश, फैसला गर्ने अन्य न्यायाधीश राजीनामाका लागि योग्य हुनुभयो,’ उनले भने, ‘सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने हो, परिवर्तन गर्ने होइन । तर, यहाँ त संवैधानिक अधिकारभन्दा बाहिर गएर मनपरी र मनलाग्दी ढङ्गले व्याख्या गरिएको छ ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarKP Sharma OliLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment