काम र मोबाइलले बेफुर्सदिला दिदीबहिनी

१९ कात्तिक, काठमाडाैं । मोबाइल र इन्टरनेटको बढ्दो प्रभाव र प्रयोगका कारण मानिस यति व्यस्त भएका छन् कि उनीहरुलाई आफ्नो नजिकैको मान्छेले के गर्दै छ र के भन्दै छ भन्ने कुरासमेत पत्तो हुँदैन । युवापुस्ताका दिदीबहिनीहरू पनि सूचना र प्रविधिको यो प्रभावबाट मुक्त हुने कुरै भएन । सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभावका कारण दिदीबहिनीहरू पनि बेफुर्सदिला हुने गरेकाले झण्झटिला कामप्रति उनीहरुको रुचि घट्दै गएको छ । सूचना र प्रविधिले विश्वलाई नै साँघुरो बनाइदिए पनि अपनत्व र सौहार्दतालाई भने निकै टाढा पु¥याइदिएको छ ।

फूल खोज्ने, माला गाँस्ने, भाइमसला बनाउने, खानाका परिकार तयार गर्ने र समग्रमा तिहारको रौनक बढाउने प्रमुख भूमिका दिदीबहिनीको नै हुने गर्छ तर उनीहरु पनि बेफुर्सदिला बनिदिँदा तिहारको मौलिकतामा पनि असर गरेको बताउनुहुन्छ मङ््गला गाउँपालिका अर्मनका खडानन्द सापकोटा । उहाँका अनुसार अहिले बजारमा प्याक गरेर राखिएका भाइमसलामै दिदीबहिनीले काम चलाउने गरेका छन् । सापकोटाको भनाइसँग सहमत हुनुहुन्छ अर्मनकै रसिला जैसी पनि ।

“पहिला–पहिला दिदीबहिनी भेला भएर तिहार सुरु हुनेबित्तिकै भाइमसला खोजी गथ्र्यौँ, ओखरदेखि लिएर सम्पूर्ण सामग्रीको जोहो गरेर भाइमसला बनाउँथ्यौँ”, ६४ वर्षीया जैसीले भन्नुभयो, “अहिले त कसैलाई कामले फुर्सद छैन, कसैलाई मोबाइलले ।”



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19DashainDeubadigital khabarGirlshealthLockdownMobilenepalNewsPMPoliticPoliticsSisterTihar
Comments (0)
Add Comment