डडेल्धुरामा बस दुर्घटना, १० घाइते

१४ कात्तिक, डडेल्धुरा । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बसमा ३२ यात्रु सवार रहेको बताइएको छ ।

घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदैछ । घाइते हुनेमा बैतडी, डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी र पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट रहेका प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेकोे प्रहरीले जनाएको छ । 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

accidentBadi PahiroBusinesbusinessCoronavirusCovid-19DeathhealthKathmanduKathmandu Digital KhabarNepali NewsRain
Comments (0)
Add Comment