म्याग्दीको लाम्पाटामा क्याम्पस भवन निर्माण

१३ कात्तिक, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ लाम्पाटामा क्याम्पस भवन निर्माण गरिएको छ । गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा रु एक करोड ५० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।

दश कोठा र एक सभाहलसहितको तीन तले भवन निर्माण सम्पन्न भएपछि रु ५० लाखको लागतमा थप चार कोठे भवन निर्माण सुरु गरिएको छ । क्याम्पस प्रमुख प्रितमबहादुर खत्रीका अनुसार सो भवन निर्माण गर्न विश्वविद्यालय अनुदान आयोगले सहयोग गरेको हो ।

आर्थिक वर्ष २०७६÷७७ मा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको सिफारिसमा विनियोजन भएको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रु ७० लाख र गाउँपालिकाको रु ३० लाखमा सो भवन निर्माण गरिएको हो ।

सोही भवन आर्थिक वर्ष २०७७-७८ मा गण्डकी प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिसमा निर्वाचन क्षेत्र पूर्र्वाधार विकास कार्यक्रमको रु २५ लाख तथा गाउँपालिकाको रु २५ लाखमा ६ कोठा र सभाहल निर्माण गरिएको छ । चालू आवमा विश्व विद्यालय अनुदान आयोगले उपलब्ध गराएको रु ५० लाखमा चार कोठे भवन निर्माण सुरु गरिएको छ ।

थप भवन निर्माणका लागि जग्गा खरिद गर्न रु ८७ लाख चन्दा सङ्कलन गरिएको थियो । रु ५६ लाखमा लाम्पाटामा ३३ रोपनी आठ आना जग्गा खरिद गरी क्याम्पस भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।

विसं २०६६ मा स्थापना भएको क्याम्पस बाबियाचौरस्थित मङ्गला माविको भवनबाट सञ्चालन हुँदै आएको छ । नयाँ भवनबाट क्याम्पस सञ्चालन गर्ने तयारी भइरहेको सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो । नयाँ भवनको दुई कोठामा छात्राबास सञ्चालन गरिएको छ ।

शिक्षा शास्त्र सङ्कायअन्त्र्गत स्नातक तहको पठनपाठन हुने उक्त क्याम्पसमा हाल १२४ विद्यार्थी अध्ययनरत छन् । अर्थशास्त्र, गणित, अंग्रेजी र नेपाली विषयको पठनपाठन हुने उक्त क्याम्पसमा ८० प्रतिशतभन्दा बढी विद्यार्थी छात्रा छन् ।

समुदाय स्तरबाट सञ्चालित क्याम्पसमा तीन पूर्णकालिन, नौ आंशिक प्राध्यापक र तीन कर्मचारी कार्यरत छन् । क्याम्पस सञ्चालनका लागि स्रोत जुटाउन आर्थिक संकलन अभियान थालिएको छ । रु दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सुरु भएको सो अभियानअन्तर्गत हालसम्म रु १२ लाख संकलन भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobadipahiroCollegeCoronavirusCovid-19Deathdigital khabareducationhealthKathmanduNepali NewsRain
Comments (0)
Add Comment