एमालेको महाधिवेशन प्रतिनिधि कोटा थप

१२ कात्तिक, काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको कोटा थप भएको छ । सो पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने प्रस्ताव गरेकामा आजको केन्द्रीय कमिटीको बैठकले सङ्ख्या बढाएर एक हजार ९९९ कायम गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भएको बैठकले प्रतिनिधि छनोटका लागि यही कात्तिक २७ गते देशभर निर्वाचन गरिने एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा लागि प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे बिहीबारको स्थायी कमिटी बैठकमा निर्णय अनुमोदन, वडा र पालिकाको अधिवेशनको रिपोटिङ र समीक्षाको कार्यसूची राखिएको थियो । स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने भएको तय गरेको थियो । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषदबाट दुई सय ६२ जना पदेन प्रतिनिधि हुनेछन् । बैठकमा महाधिवेशनमा प्रयोग गरिने विद्युतीय मतदातको नमूना अभ्यास गरिएको थियो ।

दुई केन्द्रीय सदस्यको सपथ

आजको बैठकमा पार्टीमा नवमनोनित केन्द्रीय सदस्यद्वव कुन्दन कुशवाह र मोहम्मद समीरलाई अध्यक्ष ओलीले विधान बमोजिम सपथ गराउनुभएको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment