नेपालगञ्ज भन्सार कार्यालयमा राजस्व सङ्कलनमा वृद्धि

१२ कात्तिक, बाँके । बाँकेको नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महिनामै रु पाँच अर्ब ४९ करोड राजस्व सङ्कलन गरेको छ ।भन्सार कार्यालयको राजस्व सङ्कलन वृद्धि ११० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७-७८ मा कार्यालयले रु २१ अर्ब राजस्व सङ्कलन गरेको थियो । चालू आवमा रु २५ अर्ब राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य छ ।

चालू आवमा प्रेट्रोलियम पदार्थ, चामल, दालचिनी, गहुँ, मकै, उद्योग, कच्चापदार्थ, लत्ताकपडा, गेडागुडी, तरकारी र खसीबोकाको आयातमा वृद्धि भएको छ । जडीबुटी र सुगन्धित तेल निर्यात बढी भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले बताउनुभयो ।

नेपालगञ्ज नाकाबाट हरेक वर्ष चामल आयतमा वृद्धि हुँदै गएको छ । नेपालगञ्ज नाकाबाट गत आवमा वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी भारतबाट आयात भएको भएको थियो । बाँकेमा खुला सीमाका कारण भन्सार कार्यालयलाई लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न समस्या हुने गरेको भण्डारी बताउनुहुन्छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19Deathdigital khabarhealthKathmanduNepali NewsNews businessRain
Comments (0)
Add Comment